उस्ले लेख् भनेपछि।

के भनु खोई केहि थाहा छैन
आजको महँगिले घेरेको काठमाण्डाैँ शहरमा
जिउँछु जस्तो मलाई लाछैन।
सगैँ पढेको साथी धेरै टाढा गाको मलाई थाहा छैन
उस्ले फोन गर्यो आज,उ सगँ पहिला जस्तो
कुरा गर्ने आँट् छैन।
के भनु खोई केहि थाहा छैन।

अहिलेसम्म काठमाण्डाैँ सहर छाडेर कहिँ गाछैन
बित्ने भो मेरो जिन्दगी यत्तिकै
जिन्दगीमा केहि गर्छु जस्तो लाछैन
गरू के म? कठिन समयमा कोहि साथ छैन
के भनु खोई केहि थाहा छैन।

कति चाडोँ बितिसकेछ समय मलाई अझ केहि थाछैन
बिहान उठ्यो बेलुका सुत्यो अरू मेरो केहि काम छैन
आफ्निले छोडी अर्काकिले फर्केर हेरी यत्तिकैमा
आमाको अनुहार चाउरी परेको याद छैन, के गरू साथी?
घरपरिवारको जिम्मेवारी यत्ति चाडोँ मेरो काधँमा आऊछ जस्तो लाथेन
के भनु खोई केहि थाहा छैन


Comments

Popular Posts