कहाँबाट आएको कहाँ हराए म।

जहाँ म जन्मिए त्योसगँ नाता छैन अब
स्वर्ग जस्तो ठाउँ मर्म बुझ्ने मेरो गाउँ
नगाको पनि पाचँ बर्स भैसकेछ।

त्यो बिहानीपखको भालेको डाकैमा
सबैभन्दा पहिला उठ्ते म
ममि उठ्नुस न मलाई भोक लाग्यो
भन्ने दिन गैसकेछ।

Where I came from?

ति मेरा प्यारा सँगै खेल्ने साथी
किन साथ छैनन् आज
हामी त्यो मिरमिरे अधेँरि छेउकै
पधेँरिमा लुकमारी खेल्थेउँ साझँ।

छैन केहि मसँग आज,
केबल छन् ति मिठा मिठा सम्झना मात्र
यो अन्जान् काठमाण्डाैँ सहरमा
हेर्दै छु विचित्र जात्रा, मेरो यात्रा
अब बन्द कोठामा बसेर रूने दिन् आईसकेछ।


Comments

Popular Posts