You’ll know how much rich you are , when you have nothing to eat, nothing to wear and nowhere to live

By myself

धनले मानिसलाई मत्याउछरे! खोई यो भनाई साँचो होकि झुट्टो मलाई थाहा छैन। कहिले धनि बन्ने अबसर नै पाईएन। ए ए धनि बन्ने अबसर नै पाईएन भन्नु भन्दा पनि धनि बन्ने कोसिस् नै गरिएन भन्दा कसो? अझ धनि बन्ने अबसरलाई धेरै जसो त चिनिएन, चिनिएको अबसरहरूलाई पनि क्षणिक् खुसिका लागि त्यागियो, ढोकानै ढक्ढक्याउन आएका अबसरलाई अस्विकारियो भन्दा फरक नपर्लाकि?

मलाई धनि बन्ने निकै रहर छ। आफुले चाहेका महँगा महँगा सामान छानि छानि किन्न पाइन्छ,त्यो पनि फुटपात् बाट हैन आलिसान महलबाट। अलिकता कपडा च्यातियोरे? के भो त बजार गइन्छ त्यो भन्दा राम्रा कपडा किनेर लगाइन्छ,अब त्यो च्यातिएको कपडा सिलाइरहने कसले। ए खाना मिठो लागेन त के भो ? पैसा छदै छ अर्को अडर गरिन्छ मज्जाले खाइन्छ।

धनि बनिसकेपछि त मज्जानैमज्जा। वरपर साथिभाईहरूको लर्को ,बरू साथ दिने नहोलान् झुटो आश दिने त हुन्छन् , एउटा मन परेन त अर्कोसँग। गरिब होर आस्था,सभ्यता,भरोसा र बिस्वासको कुरा गर्दै हिड्नलाई। क्षमता र दक्षताको के कुरा गर्छाै,पैसा मात्र होस तिमीसँग, तिमी अघि अघि अनि सारा सँसार तिम्रो पछिपछि। चाहे मानिसले तिमीलाई सुनुन् या नसुनुन् पैसालाई अवश्य सुन्छन्।

धनि बनिसकेपछि आफ्नै गाडी,आफ्नै हवाइजहाज,देश बिदेश घुमिन्छ, धेरै कुरा सिकीन्छ, जानिन्छ,बुजिन्छ।
जब सबैथोक भएर पनि एक्लोपन, खालिपनको महसुस् हुन्छ तब तिमीलाई तिम्रो धनिपनले सताउन थाल्छ र आफुले आफैलाई प्रश्न गरिरहेका हुन्छाै साच्चै म धनिनै हु?
जब कुनै गरिबले अर्को गरिबलाई दान र सहयोग गरेको देख्छाै मनमनै कुरा खेल्न थाल्छन् उसको अगाडि मेरो के आैकात?
जब आफन्तहरू पैसाको पछि नलागेर सच्चा मनले तिम्रो साथ दिन थाल्छन् (जुन हुने वाला छैन) तब पैसाको जरूरत नै छैन।
जब तिमी अरुको भर नपरि आफ्नै क्षमतामा विश्वास गर्न थाल्छाै तब त्यो झालि सर्टिफिकेटको जरूरतनै पर्दैन

जब खानको लागि तिमीसँग अन्न,लगाउनको लागि कपडा,बस्नको लागि ठाउँ, अनि कुरा गर्नको लागि कोहि हुन्न त्यो दिन तिमीलाई थाहा हुन्छ कत्तिको धनि र भाग्यमानि रैछाै तिमी भनेर।

Comments

Popular Posts