माया - !


मायालाई अर्थ्याउन सक्ने भए,
माया परिभाषित हुने भए
पानीमा लेखिन्थ्यो प्रेम कथा,
बालुवामा कोरिन्थ्यो जीवन गाथा

मायामा यस्तो गगन हुन्छ,
जहाँ जून पनि,घाम पनि हुन्छ
मायामा यस्तो लगन हुन्छ,
जहाँ राधा पनि,मीरा पनि हुन्छ

मायाको सस्तो बजार भए,
मायालाई किन्ने हजार भए
टुक्रा टुक्रा गरि बेचिन्थ्यो मुटु,
तोला तोला गरि किनिन्थ्यो चाह

मायामा यस्तो गणित हुन्छ
जहाँ न जोड, न घटाउँ हुन्छ
मायामा यस्तो फलित हुन्छ
जहाँ सुदामा पलमै कृष्ण हुन्छ




Havefun


Comments

Popular Posts